मन्त्री हेरफेरबारे ओली र देउवाबिच भेटवार्ता हुँदै, यी चार मन्त्री बाहेक अन्य फेरिन सक्ने

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुनेछ ।

उनीहरूबिच सरकारका कामकारबाही र विधेयकमा देखिएको समझदारीबारे छलफल हुने बताइएको छ । त्यसो त दुई शीर्ष नेताबिच मन्त्री हेरफेरबारे पनि छलफल हुन सक्ने बताइएको छ । प्रधानमन्त्री ओली तत्काल मन्त्रीमण्डल हेरफेर गर्ने पक्षमा छन् । तर देउवाले सहमति नजनाउँदा मन्त्रीमण्डल हेरफेर हुन सकेको छैन ।

औसतभन्दा कमजोर कार्यसम्पादन भएका मन्त्री पहिचान गरेर हेरफेर तयारी गरेका प्रधानमन्त्री ओलीले यसबीचमा तिनको सूची सहित कांग्रेससँग केही चरण कुराकानी गरिसकेका छन् । तर, आफ्नो दलको केन्द्रीय कार्यसमितिकै बैठकबाट ओली सरकारको पहिलो वर्षको समीक्षा गरेको कांग्रेसले अहिले पठाइएकै मन्त्रीहरूलाई कायम राख्ने निर्णय गरेपछि उनी पछि हटेका थिए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आफ्नै दलका कतिपय मन्त्रीसहित कांग्रेस र लोसपाका मन्त्रीहरू हेरफेरको मनस्थिति बनाइसकेको स्पष्ट भएको छ । यसै एजेन्डासहित प्रधानमन्त्री आली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् ।

उच्च स्रोतका अनुसार ओलीले अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत केही मन्त्री यथावत् राख्नेछन् । केही मन्त्रीहरूको मन्त्रालय अदलबदल हुनसक्ने सम्भावना पनि रहेको जानाएको छ ।

 

सम्बन्धित समाचार