राष्ट्रियसभामा प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू नै निदाएपछि…

0 Shares

काठमाडौं । राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन– २०८१ माथि छलफल चलिरहँदा मन्त्रीहरू निदाएका छन् ।

सभामा सांसदहरू अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्रयाजुएसन) भएपछिको अवस्थाबारे बहस गरिरहेका थिए । छलफल चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीकै छेउमा मन्त्रीहरु निदाएका हुन्।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई निदाएका थिए । मन्त्रीहरू निदाएका तस्वीरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

 

सम्बन्धित समाचार