बैतडी । सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमि जानकी पुजाराले नवजात शिशुको ज्यान बचाएकी छन्।
उनले साढे ६ घण्टा कृत्रिम श्वास दिएर शिशुलाई जोगाइन्, जबकि स्वास्थ्य सामग्रीको अभाव थियो। लक्ष्मी धामीका नवजात शिशुलाई उनले साढे ६ घण्टा कृत्रिम श्वास दिएर ज्यान बचाएकी हुन् ।
‘शिशु जन्मेपछि उनलाई श्वास फेर्न समस्या भएको थियो,’ पुजाराले भनिन्, ‘रातिको समयमा अन्य ठाउँ लैजान पनि सम्भव नभएपछि कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान जोगायौं ।’
निसास्सिएको शिशुको ज्यान जोगाउन अक्सिजन, एम्बुबेग, सक्सन मेसिन र पेनगुइन मेसिन लगायत उपकरण आवश्यक पर्छ । आधारभूत स्वास्थ्य केन्द्रमा एम्बुबेग बाहेकका अरू स्वास्थ्य सामग्री अभावका बावजुद पनि स्वास्थ्यकर्मी पुजाराले बच्चालाई लामो समय कृत्रिम सास दिएर बचाएकी हुन् ।
सिगासदेखि नजिकको सुविधासम्पन्न अस्पताल डडेल्धुरा पुग्न ९ घण्टा समय लाग्छ । स्वास्थ्य केन्द्रदेखि सडकसम्म पुग्न नै ५ घण्टा लाग्छ । राति ९ बजेर ३३ मिनेटदेखि बिहान ४ बजेसम्म कृत्रिम सास दिएर शिशुको ज्यान जोगिएको आधारभूत स्वास्थ्य केन्द्र कन्धराका इन्चार्ज चक्रबहादुर धामीले बताए ।
‘