सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

0 Shares

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । तोलामा ११ सय रुपैयाँले घटेर आज प्रतितोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार एक लाख ९४ हजार सात सय रुपैयाँमा कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । प्रतितोलामा ५० रुपैयाँले घटेर आज प्रतितोला चाँदी २२ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सम्बन्धित समाचार