कैदी भएको चिनियाँ परेवा आठ महिनापछि रिहा

0 Shares

काठमाडौं । चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सफाइपछि रिहा गरिएको छ ।

टाइम्स अफ इण्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँ जस्तो लिपीमा लेखिएको सन्देश’सहित उक्त चरा समातिएको थियो ।

“सुरुमा प्रहरीले चराविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो, तर अनुसन्धान पूरा भएपछि उनीहरूले आरोप फिर्ता लिएका थिए,” रिपोर्टमा भनिएको छ ।

अज्ञात चरालाई शहरको एक अस्पतालमा थुनेर राखिएको थियो भने प्रहरीले अनुसन्धान गरिरहेको थियो । पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा)को भारतीय कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो अनुसन्धानमा आश्चर्यजनक आठ महिना लागेको छ ।”

पेटा इण्डियाका अनुसार प्रहरीले बुधबार अस्पताललाई परेवा छोड्न औपचारिक अनुमति दिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार उक्त चरा स्वस्थ अवस्थामा रिहा भएको छ ।

जासूसीको आरोपमा भारतीय अधिकारीले हिरासतमा लिएका कयौंमध्ये यो पछिल्लो परेवा हो । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीपूर्ण सन्देश बोकेको अवस्थामा फेला परेको परेवालाई सीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका थिए ।

सन् २०१० मा अर्को परेवाको खुट्टामा औँठी र पाकिस्तानी फोन नम्बर र ठेगाना रातो मसीले टाँसिएको अवस्थामा फेला परेपछि सशस्त्र पहरामा राखिएको थियो ।

सम्बन्धित समाचार