0
Shares
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन आयोजना गरेकी छन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेकी हुन् ।
स्रोतका अनुसार नेकपा एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यतासमेत खारेज गरिदिएको विषयमा भण्डारीले आफ्नो धारणा राख्ने भएकी हुन् ।
साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावनाविपरीत हुने तर्क एमालेले गरेको छ । तर, विद्याले राजनीतिमा गर्न पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारीमा छिन् ।