0
Shares
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार घटेर तोलामा एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै, छापावाल सुन प्रति १० ग्राम बिहीबार एक लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला दुई हजार ३३५ रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार चाँदी तोलामा दुई हजार ३५० रुपैयाँ कायम भएको थियो ।