सरकारले गर्यो मधेस प्रदेश तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा

0 Shares

काठमाडौँ । सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए।

वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । आवश्यक मात्रामा वर्षा नहुँदा प्रदेशको विभिन्न जिल्लामा खानेपानीको समेत सङ्कट उत्पन्न भएको छ ।

यसअघि मधेस प्रदेश सरकारले पनि प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

सम्बन्धित समाचार