0
Shares
काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कपका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्य टोली सार्वजनिक भएको छ ।
एसिसी क्रिकेट काउन्सिल (एसिसी)ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको हो । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द अन्तिम १४ मा पर्न सकेनन् ।
प्रिमियर कप शुक्रबार १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुँदैछ । प्रिमियर कपको समूह ‘ए’मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह ‘बी’मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।
नेपालको टोलीमा पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी। र अभिनाश बोहरा रहेका छन् ।