यातायात कार्यालयबाट ६ जना विचौलिया पक्राउ

0 Shares

काठमाडौ‌। काठमाडौ‌को चन्द्रागिरी नगरपालिका ५, गुर्जुधारास्थित यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो। सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याएको र बिचौलियाका रुपमा सक्रिय रहेर सर्वसाधारणलाई सास्ती दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा चन्द्रागिरीका रन्जीत महर्जन, आशिष श्रेष्ठ, केदार श्रेष्ठ र सविन तामाङ रहेका छन्। त्यस्तै, गोकर्णेश्वरका दोर्जे लामा र धादिङका डाक्सन गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार