0
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढ्दै शीर्ष स्थानमा पुगेको हो । आज चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।