काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण, कति छ छात्रवृत्तिको कोटा ?

0 Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि लिएको परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

शनिबार सम्पन्न परीक्षाको नतिजा महानगरले आज सार्वजनिक गरेको हो। महानगरका अनुसार, परीक्षामा १४ हजार १७३ जना विद्यार्थी सहभागी भएका थिए।

उत्तीर्ण परीक्षार्थीमध्ये ४ हजार ४९९ जना विद्यार्थीले छात्रवृत्तिको अवसर प्राप्त गर्ने अनुमान रहेको महानगरपालिकाका सूचना अधिकारी नुरनिधि न्यौपानेले बताए।

चित्त नबुझे पुनर्योग गर्न पाइने
नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योग गर्न पाउनेछन्। त्यसका लागि साउन ५ गतेसम्म पुनर्योगका लागि निवेदन दिन पाइने न्यौपानेले बताए।

पुनर्योगको नतिजा प्रकाशनपछि मात्र परीक्षामा उत्तीर्ण विद्यार्थीको नाम महानगरको शिक्षा विभागले नामांकनको सूची प्रकाशन गर्नेछ। कुन विद्यालयमा कति नम्बरमा परेको छ भन्ने त्यसपछि मात्र यकिन हुने बताए ।

सम्बन्धित समाचार