प्रधानमन्त्री ओलीको दाबी- दैनिक २.५५ किलोमिटर सडक निर्माण भइरहेको छ

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको दाबी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो ६ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएका हुन् । उनका अनुसार गत आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको जनाए ।

‘आजभन्दा ६ वर्षअगाडि हाम्रै सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ,’ उनले भने, ‘अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्यांक प्राप्त भएको छ, यो गति अझ बढाउनुपर्ने छ ।’

सम्बन्धित समाचार