0
Shares
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने विषय गम्भीर भएको प्रतिक्रिया दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले विद्या भण्डारीबारे आफ्नो धारणा राखेका हुन् ।
उनले भने, ‘राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको व्यक्ति, यो देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक बनिसकेको व्यक्ति आएर राजनीतिमा प्रवेश गर्ने कुरा एउटा गम्भीर विषय हो ।’
प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा पनि पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका थिए । भण्डारी एमाले राजनीतिमा फर्किने तयारी गरिरहेको अवस्थामा उनले यस्तो बताएका हुन् ।