पार्टी समाहित गर्दै वामदेवले भने- १० वर्षमा युरोप जस्तो हुन्छौँ, संसार पाल्ने अवस्थामा पुग्छौँ

0 Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरी देशलाई युरोपका मुलुक जस्तो बनाउने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीसँग समाहित हुने कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले नेपालीहरू मागेर खाने नभई संसारलाई पाल्न सक्ने अवस्थामा पुग्ने बताए ।

उनले भने, ‘लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद निर्माण गर्ने चरणमा छौँ, त्यो भएपछि १० वर्षमा हामी युरोपियन मुलुकको अवस्थामा पुग्ने छौँ, हामी मागेर खाने अवस्थामा होइन कि अरुलाई दिने अवस्थामा पुग्ने छौँ, हामी संसारका मगन्ते होइनौँ, संसारलाई पाल्नसक्ने अवस्थामा पुग्ने छौँ।’

उनले आफू चार वर्षअघि एकीकृत समाजवादीमा आएको भए अहिलेसम्म समाजवाद सुरु भइसक्ने बताएका थिए ।

सम्बन्धित समाचार