0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच भेट भएको छ ।
प्रचण्ड निवास खुमलटार पुगेर कोइरालाले दुई घण्टा छलफल गरेका हुन् । शेखर निकट स्रोतका अनुसार भेटमा पछिल्ला समसामयिक राजनीति घटनाक्रमबारे छलफल भएको हो ।
शेखर पछिल्लो समय एमालेसँगको सहकार्यप्रति सन्तुष्ट छैनन् । उनले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरिरहेको बेलामा खुमलटार पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।