0
Shares
काठमाडौँ । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार जसपा नेपालले समर्थन फिर्ताको पत्र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई बुझाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जसपा नेपालका एक नेताले बताए ।
जसपा नेपालले एमालेरकांग्रेस गठबन्धनको सरकारलाई समर्थन दिएपनि सरकारमा गएको थिएन । पछिल्लो समय जसपा नेपालले भूमि विधेयकमा आपत्ति जनाउँदै आएको थियो ।
जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।