माओवादीले बोलायो स्थायी समिति बैठक

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक आगामी साउन १६ गतेदेखि बोलाएको छ । यसअघि बसेको माओवादी पदाधिकारी बैठकपछि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

आगामी साउन १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी स्थायी समिति बैठक बोलाएको पार्टी सचिव गणेश शाहले जानकारी दिए । स्थायी समितिले एजेण्डा तय गरेपछि केन्द्रीय समिति बैठक बोलाएर पार्टी महाधिवेसन, विचार मिल्ने पार्टीसँग एकता लगायत एजेण्डामा छलफल गर्ने भएको हो ।

माओवादीले २०७८ साल माघ महिनामा काठमाडौँमा आठौ महाधिवेसन गरेको थियो । अब बस्ने केन्द्रीय समिति बैठकले नौ महाधिवेसनका बारेमा निर्णय गर्ने बताएको छ ।

यस्तै बैठकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग गर्ने एकताका विषयमा छलफल हुने बताएको छ । माओवादीको यस स्थायी समिति बैठक त्यसपछि बस्ने केन्द्रीय समिति बैठकका पार्टी नेतृत्वका विषयमा समेत छलफल हुने भएकाले महत्वका साथ हेरिएको छ ।

सम्बन्धित समाचार