काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव मधेस आन्दोलनका हिमायती जस्तै थिए । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा भर्खरै आएपछि पुनः यादवले मधेस आन्दोलन गरेर जनता जगाउँदै आन्दोलित बनाए । मधेस आन्दोलनकै जगमा राष्ट्रिय नेताको यादव स्थापित हुनुका साथै संघीयता सहित परिवर्तनलाई बलियो गरी संस्थागत गर्न बल पुग्यो ।
तर, यसरी मधेस आन्दोलनबाट उठेका यादवको सत्ता मोह र पार्टीमा नेतृत्व गर्ने मोहले पार्टी उनको क्रेज समेत घट्दै गएको छ । पार्टी स्थापना भएको झण्डै २० वर्षदेखि अरुलाई नेतृत्व दिने छाटकाट देखाएका छैनन् । सरकारमा सके आफै नेतृत्व गरेर पुग्ने त्यसो नभए सरकारलाई समर्थन दिएर बार्गेनिङ गर्दै आफ्नै दुनो सोझ्याउने गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संविधान संशोधन गर्ने विषयलाई लिएर यसअघिको कार्यकालमा पानी बाराबारको अवस्थामा सम्बन्ध थियो । अहिले उनै ओलीलाई समर्थन गरेर यादव सत्तापक्ष बेन्चमा बस्न पुगेका छन् । केही समय अघि यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने सार्वजनिक अभिव्यक्ति दिएका थिए । यद्यती सरकारलाई दिएको समर्थन आधिकारिक रुपमा लिएका छैनन् । तर, उनै यादव सोमबार राती भएको शीर्ष नेता सम्मेलित बैठकमा बालुवटार देखा परेपछि धेरैलाई अचम्मित पारेका छन् । यादव कहिले सत्तापक्षतिर कहिले प्रतिपक्षतिर देखिन थालेपछि कुन कित्ता हो भन्नेमा अन्योल सृजना हुन पुगेको छ । तर, जसपा प्रवक्ता मनिष सुमनले पार्टी सत्तापक्ष हो कि प्रतिपक्ष थाहा नभएको प्रतिक्रिया दिए ।
यादवको सत्ता मोहले पार्टी फुट र विभाजनको श्रृखला
मधेस आन्दोलन चलिरहेकै बेला सरकारसँग २१ बुँदे सम्झौता हुँदा त्यसबाट असन्तुष्ट भएर भाग्यनाथ गुप्ताको नेतृत्वमा रामकुमार शर्मा, किशोर विश्वास, जितेन्द्र सोनललगायत नेताहरू अलग भएर मधेसी जनअधिकार फोरम मधेस बनाएका थिए । त्यसपछि उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरम हालका जसपा शृङ्खलाबद्ध रूपमा विभाजन हुँदै गयो ।
यादव नेतृत्वको फोरमबाट अमर यादवसहितका नेताहरू अलग भएर मधेस फोरम गठन गरेका थिए । त्यस लगत्तै सोही पार्टीबाट अलग भएर विजयकुमार गच्छदारले मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक गठन गरेका थिए । त्यसपछि सोही पार्टीबाट जेपी गुप्ता अलग भएर मधेसी जनअधिकार फोरम गणतान्त्रिक पार्टी गठन गरेका थिए ।
त्यो बीचमा कौशलकुमार सिंह नेतृत्वको लोक दलले पनि तत्कालीन फोरमसँग एकीकरण गरेको थियो । तर, त्यो एकीकरण एक वर्ष पनि टिक्न सकेन । फोरमबाट लोक दल अलग भयो ।
त्यस्तै, फोरमबाट अलग भएका अमर यादव पनि उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरमसँग एकीकरण गरेका थिए । तर, त्यो एकीकरण ६ महिना पनि टिक्न सकेन । अमर आफ्नो समूह लिएर अलग भए ।
यस्ता साना–साना पार्टीसँग एकीकरण गरेर अलग भएका थुप्रै घटना छन् । नेपाल सद्भावना पार्टी लिएर सरिता गिरीले पनि तत्कालीन फोरमसँग एकीकरण गरेकी थिइन् । तर, उनी पार्टीबाट कारवाहीमा परेर अहिले अलग भएकी छिन् ।
उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीले २०७७ वैशाख १० गते मध्यराति महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गरेर जसपा नेपाल बनेको थियो । तर, २०७८ भदौमा सो पार्टी विभाजन भयो ।
२०७६ बैशाखमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल र डा।बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भएको थियो । दुई दलबीच एकीकरण भएको अढाई वर्ष नपुग्दै दुई नेताबीच अहिले खटपट सुरु भएको छ । पार्टीमा चिरा परिसकेको छ, विभाजनको घोषणा मात्र हुन बाँकी छ ।
यादव नेतृत्वको जसपा जति धेरै फुट र विभाजनको श्रृखला छ सत्ता राजनीतिको समेत उत्तिकै छ । उपप्रधान मन्त्री सहित चार पटक मन्त्री भई सकेका छन् । उनी प्रधानमन्त्री मात्रै हुन वाँकी छ । यदी मधेसबाट प्रधानमन्त्री हुने अवस्था आएमा उनी यादवको नाम लिने गरिन्थ्यो ।
पछिल्लो समय पार्टी फुट विभाजन हुँदै कमजोर हुनु यादवको सत्ता मोह बढ्दै जाँदा सम्भावना टर्दै गएको छ । २०६४ सालको पहिलो संविधान सभाबाट सुरु भएको यादवको संसद यात्रा १८ वर्षसम्म रोकिएको छैन । २०७९ सालको निर्वाचनमा सप्तरी २ बाट सिके राउतसँग यादव पराजित भएका थिए ।
यादवको संसद जाने बाटो रोकिएपछि पाँच वर्ष कुर्ने धैर्यता राख्नुपर्ने थियो । तर, यादव उपनिर्वाचनमा बारा २ बाट तत्कालीन सत्ता गठबन्धन बनाएर निर्वाचित भएर आफु्नो सत्ता माहलाई पुष्टी गरेका थिए ।