मंगलबार बढ्यो अमेरिकी डलरको भाउ

0 Shares

काठमाडौँ । मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १४४ रुपैयाँ ६६ पैसा रहेको छ । यसैगरी, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६३ पैसा र बिक्री दर ८८ रुपैयाँ ०२ पैसा रहेको छ ।

मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९९ पैसा र बिक्री दर २८ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८५ पैसा छ ।

सम्बन्धित समाचार