त्रिविको उपकुलपतिमा प्रा.डा.दिपक अर्याल नियुक्त

0 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रा। डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा। दिपक अर्याललाई सिफारिस गरेको थियो । तीमध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।

अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् । उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो ।

सम्बन्धित समाचार