टी २० अभ्यास गर्न नेपालले वेस्टइण्डिजसँग खेल्ने, यस्तो छ कार्य तालिका

0 Shares

काठमाडौं । नेपाल र टेष्ट टोली वेस्टइण्डिजको ‘ए’बीच हुने पाँच टी २० खेलको खेल तालिका सार्वजनिक भएको छ । वेस्टइण्डिज क्रिकेट बोर्डले पाँच टी २० खेलको तालिका सार्वजनिक गरेको हो ।

नेपाल र वेस्टइण्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुने छ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौँ ४ मे मा हुनेछ । सबै खेल टीयु क्रिकेट मैदानमा हुनेछ ।

खेल नेपाली समयअनुसार दिउँसो एक बजेदेखि सुरु हुनेछ । वेस्टइण्डिज पहिलो पटक नेपाल आउन लागेको हो ।

नेपालले टी २० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइण्डिजसँग पनि सिरिज खेल्न लागेको हो । यसअघि नेपालले आयरल्याण्ड ‘ए’ टोली र भारतका दुई प्रदेश स्तरीय टोलीसँग अभ्यास खेल खेलेको थियो ।

सम्बन्धित समाचार