0
Shares
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
सूचनामा भनिएको छ,‘‘काठमाडौँ जिल्लास्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेसागत सङ्घ, सङ्गठन, संस्थाहरूको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, सम्पर्क कार्यालय वा इकाई कार्यालयका साइनबोर्ड, राखी सरकारी भवन संरचनाभित्रै रहेरभएको छ भने देहाय बमोजिम गर्न भनिएको छ ।’
कुनै पनि सङ्घसंस्थाहरूका त्यस्ता प्रकृतिका कार्यालयहरू सात दिनभित्र हटाई स्थानान्तरण गर्न भनिएको छ । साथै त्यस्ता संघसस्थाले ओगटेको क्षेत्र खाली गर्न र बोर्डहरू हटाउन समेत भनिएको छ।