रास्वपाले भन्यो प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति फर्र्किएनन् छानबिन हुनुपर्छ

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको बहानामा गएर केही व्यक्ति नफर्किएको भन्ने विषय सदनमा उठाएकी छन् । पार्टीकी सांसद सोविता गौतमले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री सहभागी भएर फर्किएको स्पेनको कार्यक्रममा गएका केही व्यक्तिहरू स्वदेश नफर्किएको समाचार आइरहेको भन्दै यसबारे समेत छानबिन गर्न माग गरेकी हुन्।

उनले भनिन्, ‘स्वयं प्रधानमन्त्रीज्यू जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन् । यसमा व्यक्ति विशेष हाम्रो केही आरोप छैन । तर यो अत्यन्तै गम्भीर विषय हो ।’

गौतमले भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि सरकार गम्भीर नभएको भन्दै संसद् बहिस्कार गर्ने बताइन् । उनले सरकारले स्वार्थ बाझिने र अनुपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएको आरोप लगाउँदै आपत्ति समेत जनाइन् ।

सम्बन्धित समाचार