चिनियाँ अटो ब्रान्ड बीवाइडी ब्राजिलमा, अब ल्याटिन अमेरिकाभरि विस्तार गरिने

0 Shares

एजेन्सी । चिनियाँ अटो ब्रान्ड बीवाइडीले ब्राजिलमा आफ्नो उत्पादन विस्तार गरेको छ। हालै ब्राजिलमा रहेको आफ्नो नयाँ प्लान्टबाट पहिलो ब्राजिल निर्मित इलेक्ट्रिक कारहरू सार्वजनिक गर्दै बीवाइडीले यहाँ आफ्नो उत्पादन सुरु गरेको हो ।

हालसम्म बीवाइडीका सवारी साधनहरू प्रायः चीनबाट एसेम्बल हुने गर्थे। तर, कम्पनीले समयसँगै स्थानीय उत्पादन र पार्टपुर्जा सोर्सिङलाई निरन्तर बढाउने योजना अनुरुप ब्राजिलमा काम सुरु गरेको छ ।

स्थानीयकरण र बलियो सम्बन्ध

बीवाइडीका कार्यकारी उपाध्यक्ष स्टेला ली ले भने, “हामी स्थानीय अधिकारीहरू र उद्योगहरूसँग नजिकबाट काम गरिरहेका छौँ। ताकि उनीहरूलाई अद्यावधिक प्रविधिहरू प्राप्त गर्न मद्दत गर्न सकियोस्। र हामी १५० भन्दा बढी स्थानीय विक्रेताहरूलाई हाम्रो आपूर्तिकर्ता हुन योग्य बनाउने प्रक्रियामा छौँ ।”

कार सार्वजनिकसँगै ब्राजिलले चीन र चिनियाँ व्यापारसँग निर्माण गरिरहेको बलियो सम्बन्धमा यो एक कोसेढुङ्गा भएको दाबी गरिएको छ। बीवाइडीले सबैभन्दा बढी बिक्री हुने गरेको शहरी इभी डल्फिन मोडल हुँदै अब सङप्रो ९क्यलन एचय० र बीवाइडी किङ ९द्यथ्म् प्ष्लन० मोडलहरू पनि विस्तार गर्ने जनाएको छ ।

उत्पादन क्षमता र भावी योजना

कम्पनीका ब्राजिल अध्यक्ष टायलर ली का अनुसार यो प्लान्टबाट अन्य देशहरूमा निर्यात गर्न सवारी साधनहरू उत्पादन गरिनेछ, साथै केही मोडलहरू विशेष रूपमा डिजाइन गरिनेछ । अमेरिकी अटोमेकर फोर्डले प्रयोग गर्ने साइट अधिग्रहण गरेपछि मार्च २०२४ मा बीवाइडीले आफ्नो काम सुरु गरेको थियो ।

उक्त प्लान्टबाट प्रति वर्ष १ लाख ५० हजार सवारी साधन बनाउने क्षमताका साथ उत्पादन सुरु भएको छ र दोस्रो चरणमा यसलाई दोब्बर बनाउने योजना छ। ब्राजिलमा निर्मित कारहरू ल्याटिन अमेरिकाभरि विस्तार गरिने योजना रहेको सीसीटीभी प्लसले जनाएको छ ।

सम्बन्धित समाचार