0
Shares
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्। केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी का प्रवक्ता डा.प्रकाशशरण महतले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिनको दायरामा ल्याउनुपर्ने बताए।
‘कुलिङ पिरियड राख्नुपर्छ नै भन्ने हाम्रो धारणा हो। त्यही हुनाले सर्वसम्मतिबाट कुलिङ पिरियड राखियो भनेर निर्णय गरियो भनियो। त्यही विश्वासमा सायद फुल हाउसमा माननीय सदस्य साथीहरुले दफावार पढ्नुभएन। विश्वासघात भयो। जसले त्यहाँ पदको दुरुपयोग गरेको छ, अवश्य पनि उनीहरुलाई छानबिनको दायरामा ल्याउनुपर्छ। तत्काल कुलिङ पिरियड हटाएर प्रस्तावित भएको छ, सरकारले सच्याएर संशोधन गर्नुपर्छ। दोषीलाई छानबिन गरी कारबाही गर्नुपर्छ।’