मेस्सीको मियामीमाथि रोनाल्डोको नासर ३-० गोलले अगाडि

0 Shares

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको टोली अल नासरले लियोनल मेस्सीको टोली इन्टर मियामीविरुद्ध तीन गोल हानेको छ । जारी खेलमा अल नासरले मियामीमाथि ३-० गोल अग्रता बनाएको हो ।

चोटका कारण रोनाल्डोले लियोनल मेस्सीसँगको बहुप्रतीक्षित पुनर्मिलन खेल गुमाएका थिए । रियादमा भएको मैत्रीपूर्ण खेलमा मेस्सीले पनि खेलेका छैनन् ।

यी दुई सुपरस्टारको पछिल्लो भेट सन् २०२३ को जनवरीमा भएको थियो । त्यतिबेला मेस्सी सम्मिलित पेरिस सेन्ट जर्मेनले अल हिलाल र अल नासरका खेलाडी मिलेर बनेको अल स्टार टोलीविरुद्ध जित हासिल गरेको थियो । उक्त खेलमा मेस्सी र रोनाल्डो दुवैले समान २ गोल गरेका थिए ।

मेस्सी गत वर्ष मात्रै अमेरिकी फुटबल टोली इन्टर मियामी गएका हुन् । रोनाल्डो २०२२ को अन्त्यतिर म्यानचेस्टर युनाइटेड छोडेपछि गत वर्षको सुरुमा अल नासर गएका हुन् । इन्टर मियामी केही दिनअघि साउदी अरेबियाको क्लब अल हिलालसँग पराजित भएको थियो ।

सम्बन्धित समाचार