काठमाडौं । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जी७ केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ रोडर पनि हो । यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापूर्वक सम्पन्न गरी यस्तो साहसिक अभियान पूरा गर्ने पहिलो पिकअप बन्न सफल भएको छ। यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने एक ऐतिहासिक चुनौती पनि थियो ।
टुनल्यान्ड जी७ ले आफ्नो यात्रा दार्चुलाको हिकिला (२,३०० मिटर)बाट यात्रा सुरु गरेर नेपालको सीमा कोरला (४,६६० मिटर)सम्म पुग्यो। यस ऐतिहासिक यात्रामा टुनल्यान्ड जी७ ले फलामे (२,४५० मि), खाङ्सार (३,७०० मि), सन्दकपुर (३,६३६ मि), ढोरपाटन (३,००० मि), गुफापोखरी (२,८९० मि) हुँदै जुम्ला (२,५१५ मि)सम्मका कठिन र दुर्गम गन्तव्यहरू सफलतापूर्वक पार गर्यो ।
यी सबै स्थानहरू अग्ला मात्र नभई, अप्ठ्यारा ट्र्याकहरू, ठाडा उकालो र असमान भूभागका लागि पनि परिचित छन्। तर टुनल्यान्ड जी७ ले सबै चुनौती सहज रूपमा पार गर्दै आफैंलाई केवल हाइवेका लागि मात्र नभई हिमाली भागका लागि पनि निर्माण गरिएको भन्ने प्रमाणित गर्यो ।
१६० हर्सपावर र ३९० एनएमटर्क क्षमतासहितको टुनल्यान्ड जी७ ले अफ रोड यात्रा क्रममा प्रभावशाली प्रदर्शन गर्यो। आर१८ टायरले हिलो र ढुंगामा उत्कृष्ट ग्रिप प्रदान गरे भने २२५ मिमी ग्राउन्ड क्लियरेन्सले विभिन्न अवरोध सहजै पार गर्न सक्षम बनायो ।
यसमा समावेश हिल होल्ड र हिल डिसेन्टकन्ट्रोल जस्ता एडभान्स्ड फिचरले ठाडो उकालो र ओरालोमा पनि गाडीलाई सजिलै नियन्त्रणमा राख्न मद्दत गर्यो । कठिन उकालो मार्गहरूमा समेत जी७ को यात्रा सहज, नियन्त्रण योग्य र विश्वसनीय रहनुले यसको इन्जिनियरिङ क्षमताको प्रमाण दिन्छ ।
बाहिरबाट शक्तिशाली देखिने टुनल्यान्ड जी७ भित्री डिजाइन र सुविधाका हिसाबले अत्यन्तै आरामदायक र प्रिमियम अनुभव प्रदान गर्छ । यस्ता सुविधाहरूले कठिन यात्रा सहज र स्मरणीय बनाए । जसले यात्रुहरूमा टुनल्यान्ड जी७ प्रतिको आत्मविश्वास र सन्तुष्टिझ बढाएको थियो ।