0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखका लागि स्पेनका राजा फिलिप द्वितीयले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् ।
सेभियास्थित रोयल अल्काजरमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली र श्रीमती राधिका शाक्य सहभागी भएका हुन् ।
प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच आज द्विपक्षीय भेटवार्ता भइसकेको छ ।