रामहरिलाई डीपीको जवाफ- काम गरेर खानेले चोरेर खानेलाई जवाफ दिँदै हिड्नुपर्ने

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले सुमिरे टूर एन्ड ट्राभल्स कम्पनीबारे अनावश्यक टिप्पणी भएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टूर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीलाई पठाउँदै आएको बताएका थिए ।

‘सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो रु,’ खतिवडाले भनेका थिए, ‘विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौं पैसा त्यहाँबाट लिएर सांसद पद किनेर पार्टीमा प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ ।’

आइतबार खतिवडालाई जवाफ दिँदै डोलप्रसादले भने, ‘हो म गर्वका साथ भन्छु- सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो ।’

उनले आफू नेपालमै केही गरेर खाने मान्छे भएको बताउँदै चोरेर खाने मान्छे नरहेको बताए । उनले भने, ‘मेरो समय ठिकै चलेको छ सभामुख महोदय, अरुको घडीको समय बिग्रेको छ भने म के भनौं?,’

आफ्नो कम्पनीबाट भिजिट भिसामा गएका नेपाल नफर्किएको उदाहरण नरहेको उनको दाबी थियो । ‘हामीले कस्तो समाज निर्माण गरेछौँ र गर्दै र्छौं? यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिड्नुपर्ने।,’ अर्याल थपे ।

सम्बन्धित समाचार