‘तोकिएको समयमै कांग्रेसको महाधिवेशन हुनुपर्छ’

0 Shares

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मंसिरभित्र हुनुपर्ने बताएका छन् ।

पत्रकारसँग कुरा गर्दै उनले महाधिवेशन समयमा गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताए । त्यसबाट महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको उनले बताए ।

अहिले महामन्त्री गगन थापा र आफू एकै ठाउँमा रहेको बताउँदै उनले महाधिवेशनमा पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको उल्लेख गरे ।

सम्बन्धित समाचार