0
Shares
काठमाडौं । यामाहा मोटरसाइलकाले नयाँ सोरुमा गोंगुबमा सञ्चालन गरिएको छ ।
शुक्रबार एक कार्यक्रममा बीच टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले सोरुमको उद्घाटन गरेका हुन् । यो कम्पनीको ३०१ औँ र सबै सुविधा सम्मन्न १०१ औँ सोरुम भएको एमए डब्लु राइड्सका प्रमुख कार्यकायरी अधिृकत (सीईओ) दिपक कुमार अग्रवालले जानकारी दिएका छन् ।

सानो ग्यारेजबाट सुरु गरेर अहिले कम्पनी नेपालकै अग्रणी कम्पनीका रुपमा स्थापन गर्न सफल भएको र यसमा सबैको साथ सहयोग रहेको उनको भनाइ छ ।
आम उपभोक्तालाई सहज सेवा प्रबाह गर्ने मुख्य लक्ष्य रहेको भन्दै सीईओ अग्रवाले टोखा नगरपालिकाका स्थानीहरुलाई सेवा दिनका लागि नगरपालिको वडा नम्बर ९ मा सोरुम स्थापना गरिएको जानकारी दिए ।

