तामाङले ६ सय जनासँग ठगे ६९ करोड, चार करोडको आफ्नै ऋण तिरे

0 Shares

काठमाडौं । युरोप पठाउने भन्दै ६ सय जना सर्वसाधारणबाट ६९ करोड ठगी गरेका ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको छ ।

तामाङले काठमाडौंको बालाजु चोकस्थितमा युरो विङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी ६ सयभन्दा बढी सर्वसाधरणसँग करोडौँ ठगी गरेको डिएसपी अनिल घिमिरेले जानकारी दिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङले ठगी गरेको रकमबाट चार करोड व्यक्तिगत ऋण तिरेका थिए भने राप्ती मेनपावर बसुन्धारामा ५० लाख लगानी गरेका थिए । यस्तै, ३५ लाखको हुण्डाई क्रेटा गाडी किनेका थिए ।

ललितपुर कोन्जोसोम घर भई ललितपुरकै इमाडोल बस्दै आएका तामाङविरुद्ध हालसम्म ७० जनाको मुद्दा दर्ता गरेका छन् । उनीहरूका लागि तीन करोड २५ लाख २२ हजार रुपैयाँ बिगो दाबी गर्दै प्रहरीले मुद्दा दायर गरेको छ । अन्य मुद्दा दर्ताका क्रममा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार