जेठसम्ममा ७४ करोडभन्दा बढीको लेज र कुर्कुरे आयात

0 Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ७४ करोड रुपैयाँभन्दा बढीको लेज, कुर्कुरे, कुर्कुरे र चिजबल आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ महिनामा ७४ करोड ७४ लाख ७९ हजार रुपैयाँको १३७६४८८ किलो लेज, कुर्कुरे कुर्कुरे र चिजबल आयात भएको हो ।

सो परिमाणमा लेज, कुर्कुरे कुर्कुरे र चिजबल आयात हुँदा ४६ करोड ६१ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

उक्त लेज, कुर्कुरे कुर्कुरे र चिजबल चीन, कोरिया, भारत, मलेसिया, मेक्सिको,टर्की, युएई, अमेरिका र भियतनामबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित समाचार