0
Shares
काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यति एअरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर-७२-५००’ विमान भित्र्याएको छ ।
दुवै विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यति एअरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
यतिले एकैपटक दुई विमान थपेको हो । योसँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ ।
थपिएका दुई जहाजको क्रमशः ‘९ एन-एओएफ’ र ‘९ एन-एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एकसाताभित्रै विमानले उडान गर्ने जनाइएको छ ।
विश्वको जोखिमपूर्ण तीन एअरलाइन्सभित्र यति एअरलाइन्स पनि परेको उड्डयनसम्बन्धि समाचार प्रकाशन गर्ने टकर न्युज डट कोले उल्लेख गरेको थियो ।
टकर न्युज डट कोले सार्वजनिक गरेको सूचीअनुसार यति एअरलाइन्सका दुर्घटनाका इतिहासका कारण यसमा चढ्न नहुनेको सूचीमा राखेको उल्लेख गरिएको छ ।