उस्तै मुद्दाका आरोपी तीन लाख धरौटीमा छुटेपछि लुकेका रविन्द्र पुगे अदालत

0 Shares

काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष हुन् ।

सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री धवल शमशेर राणा सोमबार अदालतमा उपस्थित भई तीन लाख धरौटीमा छुटेका थिए । धवल छुटेपछि फरार सूचीमा रहेका मिश्र अदालत पुगेका हुन् ।

अदालत उपस्थित भएका मिश्रको आज थुनछेक बहस हुनेछ । त्यसपछि उनी पूर्वपक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ ।

मिश्रविरुद्ध जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।

चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । घटनामा दुई जनाको मृत्यु भएको थियो भने पसलहरूमा लुटपाट भएको थियो ।

सम्बन्धित समाचार