0
Shares
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भिजिट भिसामार्फत ठगीमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै विरोध गरेको प्रतिपक्षी दलहरू दुई भागमा विभाजन भएको छ ।
भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दलहरूसमेत पछि हटेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसद अवरोध गरिरहँदा गृहमन्त्री लेखकले स्पष्टीकरण दिइरहेका थिए ।
प्रमुख प्रतिपक्ष माओवादी केन्द्र सदन खुलाउन तयार भए पनि अन्य दुई विपक्षी दलले विरोध कायम राखेका हुन् ।
विरोधबीच सभामुख देवराज घिमिरेले बैठकअघि बढाएका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेयले सम्बोधन गरिरहँदा रास्वपा र राप्रपाका सांसदहरूले टेबुल ठटाएर विरोध सुरु गरेका थिए ।