सभापति देउवाले भने- बजेट हामीलाई चित्त बुझेकै छैन

0 Shares

काठमाडौं । सत्ता साझेदार ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष २०८१/८२ बजेटमा आफूलाई पनि चित्त नबुझेको प्रतिक्रिया दिएका छन्।

काठमाडौंमा कांग्रेसद्वार आयोजित आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफलमा देउवाले बजेटको विषयमा पार्टी र आफूलाई चित्त नबुझेको बताएका हुन्।

‘बजेट हामीलाई चित्त बुझेकै छैन, पार्टीलाई बुझेको छैन, तर पनि योभन्दा राम्रो बजेट हुन सक्दैनथ्यो भनेका छन् यसैअनुसार लिनुपर्छ भन्ने लाग्छ,’ उनले भने। त्यस्तै उनले नेपालको आयात भारतको भरमा टिकेको बताए।

सम्बन्धित समाचार