अनेरास्ववियुको अध्यक्षमा कडरियाको नाम प्रस्ताव, असन्तुष्ट पक्षले लगायो नारा

0 Shares

काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरियाको नाम प्रस्ताव भएको छ । अध्यक्ष मण्डलले नाम प्रस्ताव गर्दा वित्तिकै असन्तुष्टपक्षले नारा लगाएको हो ।

अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा. कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दिपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेको अनेरास्ववियुका पूर्व विद्यार्थी नेता तपेन्द्र शाहीले जानकारी दिए । तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल, दिपक धामीले चुनावको माग गरेका छन् । असन्तुष्ट पक्षले ‘सेलेक्सन मान्दैनौं, इलेक्सन चाहियो’ भन्दै होहल्ला र नाराबाजी गरेपछि अहिले बन्द सत्र स्थगित गरिएको शाहीले बताए । निर्वाचन गराउनुपर्ने पक्ष बलियो भएपछि सर्वसम्मत गराउन नमानेका उनले बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा निर्वाचन गराउन निर्देशन दिए पनि अधिकाश विद्यार्थी नेताहरुले चुनावको माग गरेपछि विवाद उत्पन्न भएको हो ।

सम्बन्धित समाचार