0
Shares
काठमाडौं। नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको भन्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीलाई भ्रष्टचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
यस मुद्दामा अर्याल, पौडेल र प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठसहित १८ जनालाई प्रतिवादी बनाइएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज अधिकारीले जानकारी दिए। उनीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो कायम गरिएको छ।