काठमाडौं । संसदका प्रमुख प्रतिपक्ष दलहरु छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सबै प्रतिपक्ष दललाई बोलाएर छलफल जारी राखेका हुन् ।
संसद बैठक बस्नुअघि नयाँबाँनेश्वरमा अध्यक्ष प्रचण्डले सबै प्रतिपक्ष दलका नेताहरुलाई बोलाएर छलफल गरी रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । छलफलमा अध्यक्ष प्रचण्ड सहित रास्वपाका कार्यबहाक अध्यक्ष डिपी आर्यल,उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेत परियार, नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे, सांसद शेरबहादुर कुँवर, प्रकाश ज्वाला, सहित आमजनता पार्टीका सांसद प्रभु साह, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव लगायत सहभागी रहेका छन् ।
गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा लाखौ रुपिया लिएको आरोप लागेपछि प्रतिपक्ष दलले संसद अवरोध जारी राखेका छन् । संसदमा थप रणनीति बनाउन प्रचण्डले प्रतिपक्ष दलका नेताहरुलाई बैठक बोलाएर छलफल गरी रहेका छन् ।