काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य‘किरण’को त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आइसियूमा उपचार हुँदैछ । लामो समय दमबाट पीडित हुँदै आएका वैद्यको जेठ ११ गतेदेखि महाराजगञ्ज अस्पतालमा उपचार भई रहेको हो ।
मोहन वैद्यका भान्जा प्रशान्त ओलीका अनुसार वैद्यको आइसियूमा उपचार भएकाले स्वास्थ्य स्थिर रहेको जानकारी दिए । ‘उहाँ(मोह वैद्य)को पहिलेदेखि नै दमको समस्या हो । पछिल्लो समय थप समस्या बनाएको छ । आइसियूमा उपचार जारी भएकाले स्थिर छ’ उनले भने, ‘मंसिंरदेखि दमले समस्या बनाएको हो । त्यसपछि यहीँ टिचिङमै उपचार गरेर घर फर्किनु भएको थियो ।’ वैद्य त्रिवि शिक्षण अस्पताल आउनु अघि विपि सामुदायिक अस्पतालमा उपचार गरेको भान्जा ओलीले बताए । विपि सामुदायिक अस्पतालमा उपचार नभएपछि वैद्यलाई त्रिवि शिक्षण अस्पताल ल्याएको थियो ।
वैद्य २०४२ सालको सेक्टर काण्डपछि पार्टी नेतृत्व प्रचण्डलाई छोडेका थिए । त्यसपछि पार्टीमा प्रचण्डपछिको दोस्रो वरियताको नेताको रुपमा काम गर्दै आएका थिए । तत्कालीन जनयुद्धमा वैद्यले वैचारिक नेतृत्व गरेर सशक्त भूमिका निर्वाह गर्ने अवसर पाए । जनयुद्धकैक्रममा भारत पक्राउ परेपछि माआवादी शान्ति प्रक्रियापछि मात्रै मुक्त भए । माओवादी शान्ति प्रक्रियापछि पहिलो संविधान सभा निर्वाचनपछि सभासद् भई संसद भवन छिरे । वैद्य र प्रचण्डको दुई लाईन संघर्ष चल्न थालेपछि सभासद् पद समेत त्यागे । अन्तमा २०६९ सालमा पार्टी विभाजन गरेर आफ्नै नेतृत्वमा नेकपा–माओवादी गठन गरेका थिए । त्यसयता वैद्य सानो वा ठुलो जस्तोसुकै पार्टी भए पनि नेतृत्व छोडेका छैनन् ।