आज मिति २०८० साल माघ १८गते बिहीबार । तदनुसार फेब्रुअरी महिनाको १ तारिख २०२४ । माघ कृष्ण पक्ष षष्ठी तिथि । बिहान ६ बजेर ५० मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ४४ मिनेटमा अस्ताउने छ ।
मेष
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ ।
वृष
मान–सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्ने छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्ने छन् । सहयोगीहरूले काममा साथ दिने छन् ।
मिथुन
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिने छन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ ।
कर्कट
समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ । परिवारजनबाट टाढिनु पर्ला । श्रमअनुसार फाइदा कमै होला । ठूलो प्रयत्न गर्दा सामान्य उपलब्धि उठाउन सकिनेछ ।
सिंह
पछिका लागि केही वस्तु त्याग्नु पर्ला । लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्ने छन्, सजग रहनु होला ।
कन्या
पुरानो हिसाब किताबले विवाद निम्त्याउन सक्छ । तापनि संघर्षपछि लाभ उठाउन सकिने छ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनु होला । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा दिलाउने छ ।
तुला
मेहनत गर्दा राम्रै फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ । आस मारेको काम बन्नाले उत्साह जाग्ने छ । सानो प्रयत्नले दिगो लाभ उठाउन सकिने छ । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला ।
वृश्चिक
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । काम बिग्रने भयले सताउने छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउन सफल भइने छ ।
धनु
विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि मनग्य हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन् । कामको चापबाट मुक्त रही विश्राम पाइने छ ।
मकर
स्रोत साधन जुटाउन केही खर्च र दौडधुप गर्नुपर्ला । पछिका लागि लगानी गर्नु पर्ने समय छ । काममा अरूको मुख ताक्नाले पछि परिने छ । व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन् ।
कुम्भ
आँटेको काम बन्नेछ भने मिहिनेतले सफलताको उचाइमा पुर्याउने छ । अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने छ ।
मीन
केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । काममा विभिन्न उल्झन आउनाले पछि परिने छ । साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ ।