वर्षायाममा चनाखो हुन प्रधानमन्त्री ओलीको आग्रह

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमार्फत बाढी पहिरोजस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका हुन् ।

‘वर्षायाममा बाढी पहिरोजस्ता विपत्तिको जोखिम बढी हुन्छ, विपदबाट बच्न हर समय सजगता चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने,’यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ, चनाखो बनौँ, सुरक्षित रहौँ ।’

सम्बन्धित समाचार