काठमाडाैं । अमेरिकाको टेक्सासमा ११ वर्षीय बालकलाई तातो रडले जलाएपछि बालकका बुबाले मन्दिर र त्यसको अभिभावक संस्थाविरुद्ध १० लाख डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् ।
फोर्ट बेन्ड काउन्टीमा बस्ने विजय चेरुवुले गत अगस्टमा टेक्सासको सुगरल्याण्डमा रहेको श्री अष्टलक्ष्मी हिन्दू मन्दिरमा धार्मिक कार्यक्रमको क्रममा आफ्नो छोरालाई तातो फलामको रडले जलाएकाे बताए ।
बच्चाले गम्भीर पीडा र स्थायी विकृति भोग्नु परेको थियो । जसमा बच्चाको बुबाले चेरुवु मन्दिर र यसको अभिभावक संस्था, जीर एजुकेशनल ट्रस्ट (जेईटी) यूएसए, इंकलाई मुद्दा हालेका थिए । मुद्दामा एक मिलियन अमेरिकी डलरभन्दा बढी क्षतिपूर्ति माग गरिएको छ ।
घटनापछि पत्रकार सम्मेलनमा बालकका बुबाले घटनाबाट आफू स्तब्ध भएको र कसरी सम्हाल्ने थाहा नभएको बताए । उनको पहिलो प्राथमिकता बच्चा स्वस्थ हुनु थियो । बुबाले आफ्नो छोराको काँधमा भगवान विष्णुको आकारमा दुई भागमा दाग लागेको बताए ।
मुद्दामा बुबाले मन्दिरमा भएको समारोहमा आफ्ना छोरा र तीन छोराछोरीसहित १०० जना सहभागी भएको दाबी गरेका छन् ।
बच्चाको बयान
मलाई एकदमै अचम्म लाग्यो । मलाई थाहा थिएन कि यस्तो केही हुन गइरहेको छ । जब तिनीहरूले मेरो काँधमा ताताे रड लगाए । म स्तब्ध भएँ । यति दुख्यो कि म रोएँ ।
उनीहरूले मलाई यो सबैबाट गोप्य राख्न भने । तर जब दुखाइ बढ्यो र सङ्क्रमण भयो । तब बुबालाई भन्नु पर्यो ।
चेरुवुले भने कि उनको छोरालाई उनको पूर्व पत्नीले मन्दिरमा लगेकी थिइन् । जहाँ छोरालाई जलाइएको थियो । तर उनको आमालाई होइन ।