0
Shares
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सिईओमा नियुक्त गरेको हो ।
उनको जिम्मेवारी आजदेखि लागू हुनेछ । उनी ४ वर्षका लागि सिईओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
बैंकका सिईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले चैत १० गते गभर्नर बन्ने भन्दै राजीनामा दिएपछि ज्ञवाली कामु सिईओ बनेका थिए ।