संसद् अवरोधमा माधव नेपाल किन यूर्टन भए ?

0 Shares

संगीता डांगी

काठमाडौँ । सत्तापक्ष र विपक्षको संसदमा जुहारी चल्दा भोलि(बुधवार)सम्मका लागि स्थगित भएको छ । गृहमन्त्री रमेश लेखकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसा मार्फत लाखौँ रुपियाँ असुलेको आरोप लागेपछि विपक्ष दलले संसद् अवरोध गरेर चर्काएका छन् । अझै संसद् कसरी र कुन समझदारीमा खुल्छ भन्ने सवालमा कुनै टुंगो लागेको छैन ।

सत्तापक्ष नेपाली काँग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी लगायतले गृहमन्त्रीले राजीनामा दिन नहुने अडानमा छन् । भिजिट भिसा प्रकरणमा कर्मचारी मात्रै जोडिएकाले त्यसमा गृहमन्त्रीलाई जोडेर राजीनामा दिनु नपर्ने जोड दिएका छन् । तर, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लगायत दलहरू गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा लाखौँ रुपियाँ लिएको आरोप लागेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै संसद् अवरोध जारी राखेका छन् ।

तर, गृहमन्त्री प्रकरणमा निर्णायक मानिएको नेकपा एकीकृत समाजवादी अचम्मका साथ विपक्षा नउभिएर विचधारमा उभिन पुगेको छ । सत्तापक्ष गृहमन्त्रीको बचाउमा उभिएको छ भने विपक्ष दल गृहमन्त्रीले राजीनामा नदिए संसद् चल्नै नदिने भन्दै विपक्षमा उभिएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्तापक्ष र विपक्ष कुनै कित्तामा उभिएका छैनन् । गृहमन्त्री प्रकरणमा नेपाल मौन भए पनि उनी निकट नेताहरूले सार्वजनिक कार्यक्रममा आरोप लागेको व्यक्ति बोल्न पाउनुपर्ने भन्दै राजीनामा दिन नहुने अभिव्यक्ति दिने गरेका छन् ।

अध्यक्ष नेपाल काभ्रेको पतञ्जलि किनबेचमा अख्तियारको अनुसन्धानमा तानिएपछि विधारमा उभिने अवस्था आएको एकीकृत समाजवादीका एक नेताले बताए । ती नेताले भने, ‘पतञ्जलिको जग्गा किनबेचमा अध्यक्ष कमरेड जोडिएपछि अख्तियारले बोलाएर बयान लिई सकेको छ । यसमा प्रधानमन्त्रीले हाम्रो पार्टी अध्यक्षलाई फसाउन खोजेको देखिन्छ । यसमा काँग्रेसले दरो साथ दिएपछि एकीकृत समाजवादी चुपचाप हुने अवस्थामा पुग्यो ।’ अध्यक्ष नेपालले गृहमन्त्रीको राजीनामा पतञ्जलिको जग्गा किनबेच अनियमिततामा साटफेर गरेको हुन सक्ने ती नेताको बुझाई छ ।

यस बारेमा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व मन्त्री राजेन्द्र पाण्डेलेले पतञ्जलि जग्गा प्रकरण अरू के के प्रकरण हुन्छन् खोजेर मुद्दा लगाए हुन्छ भन्दै चुनौती दिए । गृहमन्त्रीले संसदमा आएर आफ्ना कुरा राख्न पाउनुपर्ने र आरोपको उच्चस्तरीय छानबिन समिति बनाएर निष्कर्षमा पु¥याउन पर्ने पार्टीको अडान रहेको पाण्डेले बताए । ‘अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जलि जग्गा मात्रै होइन अरू के के प्रकरण हुन्छन् ती प्रकरणमा छानबिन गरेर मुद्दा लगाए हुन्छ ।

यो फोकटिया कुरा हुन् । कसैले आरोप लगाउँदा बित्तिकै राजीनामा मागी हाल्ने विषय राम्रो होइन । संसदीय अभ्यास यो राम्रो होइन’ उनले भने, ‘संसदमा आरोप लागेको व्यक्तिलाई बोल्न दिएर के के भन्छ ? सुनेका कुरा चित्त बुझेन भने प्रश्न गर्ने राम्रो हो ।’

माधव नेपाल विचधारमा उभिएपछि सबैभन्दा बढी टाउको दुखाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तापक्ष विपक्ष दलको बैठकमा समेत नेपाल अनुपस्थित भए ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा जानुअघि अध्यक्ष नेपाललाई भेटेर सिंहदरबार पुगेका थिए । अध्यक्ष नेपाल विपक्षमा स्पष्ट रूपमा नउभिएपछि प्रचण्ड नेतृत्वको विपक्ष मोर्चा कमजोर हुन पुगेको छ ।

प्रचण्ड नेपाललाई विपक्ष मोर्चामा उभ्याएर विपक्ष मोर्चालाई संसदमा सशक्त रूपमा प्रस्तुत गर्ने रणनीतिमा छन् । यसमा नेपालको सोचे जति साथ प्रचण्डले पाएका छैनन् । यद्यती विपक्ष मोर्चाले गृहमन्त्रीको भिजिट भिसा प्रकरण भ्रष्टाचार विरुद्ध सुशासनसँग जोडिएको विषय भएकाले छोड्न नहुने भन्दै संसद् अवरोध यथावत् राखेका छन् ।

सम्बन्धित समाचार