0
Shares
काठमाडौं । सरकारले चिनीमा लगाउँदै आएको भन्सार महसुलको आधा घटाएको छ। हाल चिनी आयात गर्दा ३० प्रतिशत भन्सार शुल्क लाग्ने गरेको थियो।
बजेट भाषणसँगै अब चिनीमा जम्मा १५ प्रतिशतमात्रै भन्सार शुल्क लाग्ने भएको छ। यसअघि ३० प्रतिशत भन्सार शुल्क लाग्ने गरेको थियो।
सरकारले चिनीसँगै मिश्रीको आयातमा भन्सारमा पनि १५ प्रतिशत कायम गरेको छ। साथै, एक्जिम कोर्ड लिनका लागि राख्दै आएको तीन लाख रुपैयाँ बैंक ग्यारेन्टी आजदेखि नलाग्ने गरी नयाँ व्यवस्था बनाइएको छ।