0
Shares
काठमाडौं । सरकारले सुन खरिदमा २ प्रतिशत ‘लक्जरी ट्याक्स’ लगाउने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सबै परिमाणको सुन खरिदमा २ प्रतिशत विलासिता शुल्क लगाएको हो ।
हाल सरकारले १० लाख रुपैयाँभन्दा बढीको सुन खरिद २ प्रतिशत यस्तो प्रकारको कर लगाउने गरेको थियो। तर, अब जति परिमाण वा मूल्यमा सुन खरिद गरे पनि २ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको हो ।
साथै, सरकारले १० लाख रुपैयाँमाथिको हिराजन्य पत्थर खरिदमा लक्जरी कर लगाउने निर्णय गरेको छ। परिवर्तित कर आगामी आर्थिक वर्ष सुरु भएको दिन अर्थात् २०८२ साउन १ गतेदेखि लागू हुनेछ।