‘भिजिट भिसा’मा मानव तस्करीको आरोप खेपेका गृहमन्त्रीलाई कांग्रेसले दियो ‘क्लिनचिट’

0 Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनु नपर्ने निष्कर्ष गरेको छ ।

पार्टीभित्रैका नेताहरूले भिजिट भिसामा आफ्नै देशका नागरिक तस्करी गरेको भन्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका थिए । यस्तो अवस्थामा सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि एक पदाधिकारीलेले भने, ‘गृहमन्त्रीमाथिको आरोप मिथ्या हो, यही आरोपको आधारमा उहाँले पदबाट राजीनामा दिनुपर्छ भन्ने भएन ।’

कांग्रेसले यसलाई राजनीतिक रुपमा बदनाम गर्न खोजिएको निष्कर्ष निकालेको हो । कर्मचारीले गलत काम गर्दा मन्त्रीले राजीनामा दिनुपर्छ भन्ने नहुने भन्ने विषयले बैठकमा प्रवेश पाएको थियो ।

भिजिट भिसाका नाममा विदेशमा मानव तस्करी गराउने र त्यसबाट ठूलो रकम लाभ लिने गिरोहलाई संरक्षण दिएको आरोप गृहमन्त्री लेखकलाई लागेको थियो ।

यो विषय आइतबार बसेको अर्का सत्ता साझेदारी दल नेकपा एमालेको सचिवालय बैठकमा समेत विषय उठान भएको थियो । तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा गृहमन्त्रीकै दल कांग्रेसले निर्णय गर्नुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित समाचार